महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पारु - १

परिचय

सञ्चार सम्बन्धी कार्य (चिठीपत्र, पार्शल लगायत वस्तुहरु) साथै हुलाक वस्तुहरु आदान प्रदान गर्नका लागि वि.सं. १९६७ सालमा छोटी हुलाक स्थापना भई वि.सं. २०३१ सालमा जिल्ला हुलाक कार्यालयको नामबाट स्थापना भएको कार्यालय हो । तेह्रथुम जिल्लाको म्याङ्लुङ्ग नगरपालिका वडा नं. २ स्थित हुलाक टोलमा आफ्नै भवनमा सञ्चालित रहेको छ । यहाँ जम्मा हाल १ जिल्ला हुलाक कार्यालय, ५ वटा हुलाक कार्यालय र १७ वटा अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन् । तेह्रथुम जिल्लामा संघीय संरचना बमोजिम २ नगरपालिका र ४ गाउँपालिका गरि जम्मा ६ वटा स्थानीय तह रहेका छन् । ६ वटा स्थानीय तह अन्तर्गत १ वटा म्याङ्लुङ्ग नगरपालिका तेह्रथुममा जिल्ला हुलाक कार्यालय, तेह्रथुम रहेको छ र ५ वटा हुलाक कार्यालयहरु हुलाक कार्यालय छथर गाउँपालिका, तेह्रथुम, हुलाक कार्यालय लालीगुँरास नगरपालिका, तेह्रथुम, हुलाक कार्यालय मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम, हुलाक कार्यालय फेदाप गाउँपालिका, तेह्रथुम, हुलाक कार्यालय आठराई गाउँपालिका, तेह्रथुम मा सञ्चालनमा रहेका छन् । जिल्ला हुलाक कार्यालयबाट प्रदान गरिने सेवाहरु निम्न बमोजिम रहेका छन् -